धनुषा । प्रदेश नम्बर २ को प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले अवरुद्ध गरेका छन् ।
मंगलबारको बैठकमा तीन प्रतिपक्षी दलका सांसदले संसद चल्न नदिएका हुन् ।
प्रदेश सरकारले गलत नियतले पालिकाहरुमा ससर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख सरोज यादवले प्रदेशसभा बैठक सुरु गरेलगत्तै तीनै दलका सांसदहरु आसनबाट उठेका थिए ।
सभामुख यादवले सांसदहरुको धारणा सुनेपछि सरकारको ध्यानाकर्षण भएको भन्दै बैठक चल्न दिन आग्रह गरे । तर, प्रतिपक्षी सांसदहरु नमानेपछि एक घण्टाका लागि बैठक स्थगित गरिएको छ ।












