५ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज फेरि किन बसेन संवैधानिक इजलास ?



अ+ अ-

काठमाडौं । संसद (प्रतिनिधि सभा) विघटनविरुद्धको मुद्दा सुनुवाइ गर्नका लागि हालै गठन भएको संवैधानिक इजलास मंगलबार पनि बस्न सकेको छैन । यसअघि न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास सोमबार पनि स्थगित भएको थियो ।

सोमबार इजलास नबस्नुमा  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएकोले भनिएको थियो । तर त्यो सूचना पनि अदालतले गरेको नभई अपुष्ट रुपमा बाहिर आएको थियो । 

संवैधानिक इजलास मंगलबार पनि अहिलेसम्म बसेको छैन । तर पनि यो इजलास नबस्नुको कुनै पनि कारण भने कहीँ कतैबाट खुलाइएको छैन ।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई सो इजलासमा तोकिएका छन् ।