२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरी रिहा भएपछि समर्थकहरु: भूमिपुत्रको जित भयो



अ+ अ-

काठमाडौँ । कैलालीको काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन् ।

सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए । चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माईतीघरमा आइ आफ्ना समर्थकहरुसँग भेट गरेका छन् । माईतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो ।

स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुग्नुभएका देवराज लामाले टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताउनु भयो । उहाँले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उहाँले अहिलेसम्म पनि टिकापुर घटनाका वास्तविक दोषीहरुलाई पक्राउ नगरिएको बताउनु भयो । उहाँले आफूहरु अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको छ । उहाँ घटनास्थलमा हुनुहुँदैन थियो । उहाँले निर्देशन पनि दिनुभएको होइन, अहिलेसम्म पनि टिकापुर घटनाका दोषीहरु समातिएका छैनन् । अहिले पनि छानबिन गरौँ, हामी अहिले पनि भनिरहेका छौँ लाल आयोग, संसदीय सुनुवाईका आयोगहरुको प्रतिवेदन सार्वजनिक गरौँ न सबै थाहा हुन्छ । उहाँ निर्दोष हुनुहुन्छ ।’

सर्मर्थकहरुले बिरोधका लागि बिरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए । रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए ।