२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको डि-मोईन्स सहरमा एशियन महोत्सव, खाना देखी पहिरनसम्म प्रर्दशन (फोटोफिचर)



अ+ अ-

अमेरिका (आयोवा) । अमेरिकाको आयोवाको डि-मोईन्स सहरमा एशियन महोत्सबको आयोजना गरिएको छ ।

महोत्सवमा एशियाका बिभिन्न देशबाट आएका नागरिकहरु भेला भएका थिए । महोत्सवमा एशियाका बिभिन्न मुलुकका नागरिकहरुले आ आफ्ना् देशको सास्कृतिक कला प्रर्दशन गर्नुका साथै खाना तथा देशको पहिचना दिलाउने बिभिन्न पोशाक तथा सामग्रीहरुको प्रर्दशन गरेका थिए ।

दुई दिने महोत्सबमा नेपाल , चीन , भारत, फिलिफिन्स ,भियतनाम ,ताईवान, थाईल्याण्ड, कम्बोडिया, कोरिया , लाओस म्यानमार ,मंगोलिया लगायता मुलुकबाट अमेरिकामा आई बसोबास गरेकाहरुको सहभागीता रहेको थियो ।

डि-मोईन्समा लामो समयदेखी बस्दै आउनु भएका तथा महोत्सवको आयोजक मध्येका एक नेपाली बिकल अधिकारीका अनुसार सन् २००५ देखी यो महोत्सबमा नेपाल सहभागी हुन थालेको हो ।

उहाँले भन्नुभयो ‘महोत्सबमा नेपाली शैलीको मम तथा अन्य खानेकुराहरु र नेपाली कला सस्कृतिलाई अन्य देशका नागरिकले निकै रुचाएका छन् ।”  नेपाल चिनाउने उद्देश्यले राखिएको स्टलमा नेपाली परम्परागत सामग्री , मसला तथा पोशाकहरु संगै नेपाल बुझाउने र चिनाउने सामग्रीहरु राखिएको थियो ।

महोत्सबकै क्रममा आयोजना गरिएको सास्कृतिक कार्यक्रम र पोशाक प्रर्दशनीमा नेपालीहरुले आ आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रम स्थलमा नै भेटिनु भएका अधिकारीले भन्नुभयो “नेपालको पर्यटन प्रबद्र्धन सगै बिदेशीलाई नेपाल बुझाउन र चिनाउन यस्ता महोत्सबहरु निकै फलदायी भएका छन् । यसलाई हामी अझ प्रभाबकारी र शसक्त रुपमा आफ्नो उपस्थिती जनाउछौ ।”

 




भर्खरै