५ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग भिड्दै



अ+ अ-

काठमाडौं । नेपालले फिफा विश्वकप – २०२२ तथा एसियन कप – २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा आज (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको प्रमुख लक्ष्य जित निकाल्नु रहेको बताएका छन् ।  

यसअघिको खेलमा चाईनिज ताईपेलाई २-० ले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने उनको विश्वास छ । 

यस्तै जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । 

छनोटको समूह 'बी' मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

फिफा वरियतामा जोडर्न ९५ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ ।