२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८ कम्पनी कालोसूचीमा 



अ+ अ-
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ कम्पनीलाई कालोसूचीमा राखेको छ ।
 कार्यालयले विभिन्न निकायहरुको सिफारिसका आधारमा एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने समेत कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मुख्य व्यक्ति मोहोन न्यौपाने रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवनलाई कालोसूचीमा राखिएको छ । साथै, मुख्य व्यक्ति सुमित रौनियार रहेको पप्पु कन्स्ट्रक्सन प्रालि र मुख्य व्यक्ति भावेश बोहोरा रहेको कोशी एण्ड न्यौपाने निर्माण सेवलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यसैगरी मुख्य व्यक्ति सुरेन्द्र प्रसाद श्रेष्ठ रहेको वाइ पि कन्स्ट्रक्सनलाई एक वर्ष ६ महिना र मुख्य व्यक्ति होम नाथ गौतम र भावेश बोहोरा रहेको सप्तकोशी जलाधार ओम साई एण्ड कम्पनी जेभी काठमाडौँ  र मुख्य व्यक्ति सरोज गौतम रहेको ओम एन्ठ कम्पनी प्रालिलाई एक वर्ष तीन महिना कालोसूचीमा राखिएको छ ।
कार्यालयका अनुसार आकृति एडभटाइजिङ पोखरीया, बिराटनगर, थाक ठिनी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालि भरतपुर, एसियन हाइटेक कन्स्ट्रक्सन प्रालि हात्तीमुडा मोरङ, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स फेटा बारा, फैसल एण्ड अफजल कन्स्ट्रक्सन गौर रौतहट, गौतम ऋषि कन्स्ट्रक्सन कटहरिया रौतहटलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
एक वर्षसम्म कालोसूचीमा राखिएका अन्य कम्पनीमा गिताञ्जली निर्माण सेवा, सिंह कन्स्ट्रक्सन प्रालि, सिंह कन्स्ट्रक्सन प्रालि, खुसी निर्माण सेवा जनकपुर, धनुषा, कमोद कन्स्ट्रक्सन प्रालि मौलापुर रौतहट, रुबी कन्स्ट्रक्सन महंगवा सर्लाही, हिरालाल कन्स्ट्रक्सन वीरगञ्ज, जय माँ वैष्णो देवी कन्स्ट्रक्सन कन्स्ट्रक्सन नवलपरासी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी, सुप्रभात शुभ अविप जेभी कोहलपुर बाँके, सर्जिकेम डिस्ट्रिब्यूसन धरान सुनसरी, टोनिका कन्स्ट्रक्सन बिराटनगर, त्रिजोन कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ र युमन निर्माण सेवा प्रालि बर्दघाट नवलपरासी छन् ।