२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रोलप्रति ओलीको कटाक्षः औंठी पनि नलगाउनेलाई बोक्न नसक्ने गरी सुन भिराए



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीबारे आफूलाई ट्रोल बनाइएकोमा आपत्ति जनाएका छन् ।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जीवनमै आफूले जम्मा पाँच दिन सुन लगाएको तर अहिले थेग्नै नसक्ने गरी सुन लगाएको फोटो ट्रोल गरिएको भन्दै कटाक्ष गरेका हुन् ।

नेपालमा छाडापन र विकृति बढ्दो रहेको बताउँदै ओलीले भने – ‘म सानो हुँदा मेरो आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन ।’

ओलीले अगाडि भने, ‘जसले औंठी पनि लगाउँदैन् त्यसमा मलाई रुचि नै छैन् । अहिले त मलाई बोक्न नसक्ने गरी सुन भिराइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् कस्तो नियत होला । यो कस्तो घटिया कुरा हो ?’

ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ किलो सुन हराएको भन्दै ओलीमाथि सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो । ओलीको तस्बिरमा सुनैसुनले ढाकिएको बनाएर भाइरल बनाइएको छ ।