२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ वर्षअघि लेखेको प्रेमपत्र, अहिले सजाय



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । भारतको उत्तरप्रदेशको बांदा जिल्लामा १५ वर्षअघि एक केटाले केटीलाई प्रेमपत्र लेखेका थिए । त्यो चिठी केटीको आमालाई पुग्यो । यस विषयमा बालिकाकी आमा अदालत पुगिन् । ती केटा नाबालिग थियो र स्कूलमा पढिरहेको थियो ।

प्रहरीमा दिएको उजुरीमा बालिकाकी आमाले केटाले छोरीलाई अश्लिल चिठ्ठी लेखेको र यौन दुर्व्यवहार गरेको बताएकी छन् । प्रहरीले मुद्दा दर्ता गरेपछि मुद्दा अदालतमा गयो ।

मुद्दामा सुनुवाइ स्थगित भइरह्यो । अदालतमा हाजिरी हुन थाल्यो र न्यायाधीश पनि फेरबदल हुँदै गए । तर कसैले हार मानेनन् । यो घटना मे २१ मे २००८ को हो । फैसला नआएसम्म यो मुद्दामा ७०–८० मिति चढिसकेको थियो ।

मुद्दाबाट दिक्क भएर केटाले अदालतमा आफू अब उपस्थित हुन नसक्ने बताए । न्यायाधीशले ती पुरुषलाई एक वर्ष अदालतमा हाजिर हुन र तीन हजार रुपैयाँ जरिवाना तोकेका । सजाय पाएका पुरुष एक वर्षसम्म अभियोजन अधिकारीको निगरानीमा रहनेछन् ।




भर्खरै