२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल खोसेपछि जब बालिकाले होस्टेलमै आगो लगाइन्, १९ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिण अमेरिकी देश गुयानामा एक युवतीले आफ्नै विद्यालयको होस्टेलमा आगो लगाएकी छन् । आगलागीमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा होस्टेल वार्डनका पाँच वर्षीय छोरा पनि छन् ।

सुरुमा आगलागीको कारण खुल्न सकेको थिएन । तर अनुसन्धान अघि बढ्दै जाँदा होस्टेलमा बसेकी १४ वर्षीया बालिकाको नाम सार्वजनिक भएको छ । वास्तवमा बालिकाको फोन होस्टेल वार्डनले जफत गरेका थिए । यसबाट आक्रोशित युवतीले वार्डन र होस्टेल प्रशासनलाई पाठ सिकाउन चाहेकी थिइन् । जसका कारण उनले रातिको अँध्यारोमा होस्टेलमा आगो लगाइन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार १४ वर्षीया युवती होस्टेलमा बारम्बार मोबाइल फोन प्रयोग गर्थिन् । तर छात्रावास र विद्यालयमा त्यसो गर्न निषेध गरिएको थियो । जसका कारण होस्टेल वार्डनले उनको फोन जफत गरे । फोन जफत भएपछि युवती रिसाएकी थिइन् र बदला लिने उपाय खोज्दै थिइन् ।

मध्यरातमा जब सबै केटीहरू र वार्डन सुतिरहेका थिए, अभियुक्त युवतीले छात्रावास भित्रैबाट आगो लगाएकी थिइन् । यसक्रममा सबै पाँचवटा निकास ढोकाहरू बन्द गरिएको थियो ।

राति अबेरसम्म भएको आगलागी र ढोका बन्द भएका कारण छात्रावासमा रहेका छात्राहरू समयमै बाहिर निस्कन सकेनन् । त्यहाँ १३ बालिकाको जलेर निधन भयो । बाँकी ६ बालिका र एक बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा आरोपी युवती आफै पनि घाइते भएकी छिन् । घटनाको समयमा उनी पनि होस्टेलभित्रै थिइन् । आगो यति धेरै फैलिन सक्छ भन्ने उनलाई थाहा नभएको बताइएको छ ।