२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टाइगर ३’ को सेटमा एकैसाथ देखिए सलमान–शाहरुख



अ+ अ-

एजेन्सी । सलमान खान स्टारर प्रतिक्षित फिल्म ‘टाइगर ३’ चाँडै रिलिज हुँदैछ । फिल्ममा शाहरुख खानको पनि क्यामियो रहेको छ । यसैबीच, सामाजिक सञ्जालमा फिल्मको सेटबाट एउटा भिडियो लीक भएको छ, जसमा सलमानसँगै शाहरुख खान पनि सेटमा देखिएका छन् । भिडियो सार्वजनिक हुनेबित्तिकै फ्यानहरू खुसीले उफ्रिएका छन् ।

यस भिडियोमा सलमान ब्राउन टी–सर्ट–डेनिम जीन्समा देखिएका छन् । यसै क्रममा शाहरुख खान पनि उनको पठान लुकमा पछाडी प्रवेश गर्छन् । रिपोर्टहरू विश्वास गर्ने हो भने, दुवै खान एक एक्सन दृश्य शूट गर्न मुम्बईको मध आइल्याण्ड पुगेका छन् ।

सलमान खानको यो बहुप्रतिक्षित फिल्म १० नोभेम्बर २०२३ मा दीपावलीको अवसरमा रिलिज हुँदैछ । फिल्ममा सलमानका अलावा कट्रिना कैफ र इमरान हाश्मी पनि मुख्य भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने फिल्मको कुल बजेट २२५ करोड हुने छ ।