२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिशामा रेल दुर्घटनाः २०७ जनाको मृत्यु, ९०० भन्दा बढी घाइते



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतको ओडिशास्थित बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

दुर्घटना बालासोरको बहंगा बजार स्टेशन नजिकै साँझ सवा ७ बजे भएको हो । कोलकाता–चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेस र यशवंतपुर–हावडा एक्सप्रेस बहनगा नजिक पटरीबाट खसेका थिए । त्यसपछि कोरोमण्डल ट्रेलसँग मालगाडी ठोक्कियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार, एक रेल अधिकारीले भने कि पहिले यशवंतपुर–हावडा एक्सप्रेस पटरीबाट खसेको थियो । यसका केही डिब्बा अर्को ट्र्याकमा पल्टिएर अर्कोतर्फबाट आउँदै गरेको शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेससँग ठोक्किएका थिए । यसपछि कोरोमण्डल ट्रेनका केही बग्गी पनि पटरीबाट खसेका थिए । यी बग्गीहरू अर्को ट्र्याकमा रहेको मालगाडीसँग ठोक्किएका थिए । केही बग्गी मालगाडीको माथि चढे ।

दुर्घटनाग्रस्त रुटका ६ वटा रेल रद्द गरिएका छन् । केही रेलको रुट परिवर्तन गरिएको छ । दुर्घटनाबारे प्रशासनले आपतकालीन नियन्त्रण कक्ष नम्बर ६७८२२६२२८६ जारी गरेको छ । यससँगै नजिकैका स्टेशनहरूको हेल्पलाइन नम्बरहरू पनि जारी गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवसँग कुरा गरेर स्थितिको जानकारी लिए । उनले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले मृतकका आफन्तलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।