२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडिशा रेल दुर्घटनाः २६१ जनाको मृत्यु, ९०० भन्दा बढी घाइते



अ+ अ-

एजेन्सी । उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुँइकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छभने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य पूरा भएको र पुनःस्थापनाका काम जारी छन् ।

शुक्रबार बिहान सात बजे बालासोर जिल्लाको बहानागा बजार स्टेशनमा बेङ्गलुरु–हावडा सुपरफास्ट एक्सप्रेस, कोरोमण्डल एक्सप्रेस र मालवाहक रेल ठोक्किएका थिए । दुर्घटनामा यात्रुवाहक दुई वटा रेलका १७ वटा डिब्बा पटरीबाट बाहिर धेरै पर पुगेका छन्, गम्भीर रूपमा क्षतिग्रस्त भएका डिब्बाबाट त्यहाँ फसेका सबैलाई उद्धार गरिएको छ ।

केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव आफैँ पुनःस्थापनाको निरीक्षणमा हुनुहुन्छ । रेलवे बोर्डका अध्यक्ष, स्वास्थ्य सेवा विभागका महानिर्देशक घाइते यात्रुहरूको उपचारको निगरानी गरिरहेका छन्भने अन्य सबै वरिष्ठ सरकारी अधिकारीहरू अस्पतालहरूमा घाइते यात्रुहको हेरचाह एवम् समन्वय गरिरहेका छन् ।

दुर्घटनास्थलमा औषधिसहित प्यारामेडिकल स्टाफसहित सयभन्दा बढी चिकित्सक टोलीलाई परिचालन गरिएको छ । घाइतेहरूलाई सोरो, बालासोर, भद्रक र कटकका अस्पतालहरूमा लैजान दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको छ ।

उडिशा सरकारले दुर्घटनाका कारण अलपत्र परेका उडिशा र पश्चिम बङ्गालका यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म निःशुल्क यातायात सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका निम्ति दुघएटनास्थल नजिक ३० वटा बस तयारी अवस्थामा राखिएको छ । घाईतेहरुलाई प्रदेशका सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।