२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको भारत भ्रमण फितलोः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फितलो प्रदर्शन गर्नुभएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री भ्रमणका क्रममा नेपालको शिर ठाडो पार्नेगरी गौरवपूर्ण ढंगले प्रश्तुत हुन नसकेको बताउनु भयो । उहाँले भ्रमणका क्रममा प्रोटोकल पनि नमिलेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो स्वकिय सचिवका रुपमा छोरीलाई छेउमा राखेको भएभनि परराष्ट्रमन्त्री, सचिव र चिफ अफ प्रोटोकल नजिक नहुनु गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विवादको विषय प्रधानमन्त्रीज्यु यहाँले भारत गएर जस्तो फितलो प्रदर्शन गर्नुभयो नेपालको शिर ठडिनेगरी गौरवपूर्ण ढंगले प्रधानमन्त्रीज्यु प्रश्तुत हुन सक्नुभएन । नेपालको मर्यादा वास्तवमा भन्ने हो भने मलाइ भन्न मन थिएन, छैन तर प्रोटोकल पनि भएन । तरिकाहरु पनि मिलेन । परराष्ट्र मन्त्री कता छ थाहा छैन ? अर्को मन्त्री थाहा छैन कता छ ? अर्थमन्त्री कता छ थाहा छैन । नेताहरु कता छन् थाहा छैन । उहाँको पिए छोरी छेउमा देखिन्छ । पिए राख्नुभएको छ । परराष्ट्रमन्त्री राख्नुभएको छैन । परराष्ट्र सचिव छैन । परराष्ट्रको चिफ अफ प्रोटोकल छैन । परिवारको सदस्य राख्नुभएको छ । फस्र्ट लेडी भनेको स्पाउजलाई भनिन्छ । अरु फेमिली मेम्बर हो । छोरो लिएर जानुभयो भने के भन्ने फस्र्ट जेन्टलमेन्ट ? स्पाउज त होइन । फस्र्ट लेडी भनेर परिवारका सदस्यलाई भनिदैन । भोलि नातिनी लिएर जानुभयो भने के भन्ने ? सेकेण्ड लेडी ? यस्तो भद्रगोल गर्नु हुँदैन क्या । प्रोटोकललाई यस्तो भद्रगोल गर्नु हुँदैन । त्यहाँ त परराष्ट्रमन्त्री हुनुपर्छ वार्ताहरुमा । त्यहाँ मन्त्रीहरु हुनुपर्छ । त्यहाँ शिष्टाचार महापाल हुनुपर्छ । परराष्ट्र सचिव हुनुपर्छ । त्यहाँ नोट मेकिङ गर्ने मान्छे हुनुपर्छ । अफिसियल रेकर्ड राख्ने मान्छे हुनुपर्छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै उपलब्धि नभएको बताउनु भयो । उहाँले १५ ओटा राँगा ल्याउने बाहेक कुनै प्रगति नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अब फुर्तिफार्ति प्रधानमन्त्रीज्यूको हेर्दाखेरी सारा जितेर फर्किदै गरेको सिकन्दर जस्तो । सब फाँडेर फर्किएको चङ्गेश खाँ जस्तो । विजयी । अचम्म लाग्यो । साँच्चै ल्याएको चाहीँ के भने १५ वटा राँगा । अरु कुरा त प्रधानमन्त्रीज्यु प्रमाणित गर्नुपर्छ यो ल्याएँ भनेर । ल्याएको चाहीँ १५ वटा राँगा नै हो । चढेर आएपनि डाहो¥याएर ल्याएपनि ।’

अध्यक्ष ओलीले नागरिकता सम्बन्धी विधेयक संसदमा पुनः ल्याउनुपर्ने बताउनु भयो । उहाँले सो विधेयकको सम्बन्धमा संसदमा छलफल गर्न पाउनुपर्ने बताउनु भयो । संसदमा नयाँ सदस्यहरु आएको भन्दै उहाँले विधेयकको सम्बन्धमा संसदमा छलफल आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो विधेयकलाई ल्याउनुपर्छ पार्लियामेन्टमा । फेरि ल्याउनुपर्छ । जसो गरेर पनि पार्लियामेन्टमा ल्याउनुपर्छ । पार्लियामेन्टले छलफल गर्न पाउनुपर्छ । यो नयाँ पार्लियामेन्ट हो । अनि भुत भइसकेको त्यो विधेयक कहिलेको ? कुन सभामुखले कस्तो तरिका होला हेर्नुस् त ? फम्र्याट छ एउटा सभामुख अग्नि सापकोटाको सिफारिस । कहिलेको सिफारिस ? कुन पार्लियामेन्टमा अग्नि सापकोटा हुनुहुन्थ्यो ? उत्तापट्टी बसेका ?(रास्वपा सांसदहरुतर्फ देखाउँदै) साथीहरुलाई थाहा छ ? अग्नि सापकोटा कहिलेको पार्लियामेन्टको सभामुख उहाँहरुले देख्नुभएको छ ? त्यसमा उहाँहरुले छलफल गर्न पाउनुभएको छ ? त्यो भएको छैन कानून भने कानून हुनुभन्दा अगाडी उहाँहरुले संसदमा छलफल गर्न पाउनु प¥यो कि परेन ?’

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणले राष्ट्रिय स्वाभिमानमा धक्का पुगेको र सरकारमाथि सन्देह पैदा भएको बताउनु भयो ।