२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आदिपुरुष’को अन्तिम ट्रेलर सार्वजनिक



अ+ अ-

एजेन्सी । प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ को एक्सन ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलरमा भगवान रामको नरम पक्ष देखाइएको थियो । तर, यस ट्रेलरमा भने दर्शकहरुले एक्शन देख्न पाएका छन् । तिरुपतिको श्री वेंकटेश्वर युनिभर्सिटी स्टेडियममा एक भव्य कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा युद्धको दृश्यका केही अचम्मका शटहरू देखिएका छन् । रावणले सीता माताको अपहरण गरेपछि ट्रेलर सुरु हुन्छ । यसपछि श्रीरामले आफ्नो सेना तयार पार्छन् र रावणलाई युद्धको चुनौती दिन्छन् । सम्पूर्ण ट्रेलर भारी भीएफएक्स र एक्शन दृश्यहरूले भरिएको छ । यसबाहेक यसमा धेरै उत्कृष्ट संवाद पनि छन् ।

यो कार्यक्रम अघि प्रभास तिरुपति जिल्लाको तिरुमालास्थित श्री वेंकटेश्वर स्वामी मन्दिर पुगेका थिए । यहाँ उनले भगवानको दर्शन गर्नुका साथै सुप्रभा सेवामा पनि भाग लिएका थिए । सामाजिक सञ्जालमा प्रभासको एउटा भिडियो पनि भाइरल भएको छ जसमा उनी सेतो कुर्ता–पाजामा र रेशमी सल लगाएर मन्दिर भित्र पसिरहेका छन् ।

यसैबीच ‘आदिपुरुष’ को स्क्रिनिङका क्रममा रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक थिएटरमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ । जनताको विश्वासलाई मध्यनजर गर्दै निर्माताले यस्तो निर्णय गरेका हुन् । ओम राउतले निर्देशन गरेको यो चलचित्र १६ जुनबाट रिलिज हुँदैछ ।

‘आदिपुरुष’को कथा रामायणमा आधारित छ । फिल्ममा प्रभास भगवान रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् । यससँगै सैफ अली खान रावणको भूमिकामा देखिनेछन् ।