२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमित व्यक्तिको कब्जामा पर्दा सेयरबजारबाट आमलगानीकर्तालाई नोक्सान– अर्थमन्त्री महत



file photo
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सीमित व्यक्तिको कब्जामा सेयर बजार पर्दा आम लगानीकर्ताले नोक्सान व्यहोर्नु परेको बताउनुभएको छ ।

नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा उहाँले करिब ५६ लाख लगानीकर्तालाई देखाएर सेयर बजारमा सीमित व्यक्तिहरूले लाभ लिइरहेको आरोप लगाउनुभयो ।

“सीमित व्यक्तिले चलखेल गरी बजार बढाउने/घटाउने काम भइरहेको रहेछ, उनीहरूका गतिविधिले आम सर्वसाधारण लगानीकर्ताले नोक्सानी बेहोरिरहेका छन,’ उहाँले भन्नुभयो । मन्त्री महतले यसलाई निस्तेज पार्न धितोपत्र बोर्ड लाग्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सीमित व्यक्तिलाई मात्र लाभ पुग्ने गरी बजार सञ्चालन हुन दिनु हुँदैन ।

नेपाल धितोपत्र बोर्डलाई मन्त्री महतले बजारमा मौलाउँदै गएको यस्तो विकृति रोक्नका लागि प्रभावकारी रूपमा नियमन र सुपरीवेक्षण गर्न निर्देशन दिनुभयो।

उहाँका अनुसार कम्पनीको महत्वपूर्ण सूचना चुहाएर गर्ने भित्रि कारोबार पनि बजारमा रहेको छ । “सेयर बजारमा भित्री कारोबार भइरहेको भन्ने सुनिन्छ”, उहाँले भन्नुभयो, “भन्ने बेला ५६ लाख लगानीकर्ता भनेर भन्ने अनि लाभ लिने बेलामा सीमित व्यक्तिले लिने यो ठीक भएन ।”

मन्त्री महतका अनुसार आगामी आर्थिक वर्षमा घोषणा भएको सेयर कारोबारमा करको विषयमा पनि तिनै सीमित व्यक्तिले विरोध गरिरहेका छन् । उहाँले व्यावसायिक रूपमा सेयर कारोबार गर्ने नागरिकहरूका लागि करका दरले कुनै फरक नपारेको पनि बताउनुभयो । सेयर बजारमा केही फाइदा लिन चाहनेहरूले कहाँ भन्दा के असर पर्छ भनेर प्रचार गर्दा गलत कुराको प्रचार भएको उहाँको भनाइ थियो ।

बजारलाई प्रतिस्पर्धामा लैजान आवश्यक रहेको उल्लेख गर्दै उहाँले कमोडिटी बजारलाई सञ्चालनमा ल्याउने, बजारलाई पेपरलेस बनाउने, सीमित व्यक्तिले अनुचित लाभ लिनबाट जोगाउने, अनुचित लाभ लिनबाट जोगाउन, सेयर बजारलाई स्वस्थ बनाउन प्रभावकारी रूपमा काम गर्न धितोपत्र बोर्डलाई निर्देशन दिनुभयो ।