२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिसेम्बरसम्म पृथ्वीमा ठूलो विनाश हुने भविष्यवाणी



अ+ अ-

एजेन्सी । बाबा भेंगाको भविष्यवाणीमा सारा विश्वले विश्वास गर्छ । बाबा भेंगाका धेरै भविष्यवाणीहरू सत्य साबित भएका छन् । बुल्गेरियाका अगमवक्ता बाबा भेंगाले सन् २०२३ को लागि पनि धेरै डरलाग्दो भविष्यवाणी गरेका थिए ।

बाबा भेंगालाई बाल्कन क्षेत्रको नोस्ट्राडेमस भनिन्छ । उनले आफ्नो मृत्युअघि सन् ५०७९ सम्मका भविष्यवाणी गरेका थिए । सन् २०२३ को लागि बाबाले गरेका धेरै भविष्यवाणीहरू पनि सत्य साबित भएका छन् ।

प्रसिद्ध भविष्यवाणीकर्तामध्ये एक बाबा भेंगाले सोभियत संघको विघटन, अमेरिकामा आतंकवादी संगठन अलकायदाको ९र११ आक्रमणलगायत धेरै भविष्यवाणी गरेका थिए । यी भविष्यवाणीहरू पूर्ण रूपमा सत्य साबित भए । बुल्गेरियाका दृष्टिविहीन बाबा भेंगाले वर्ष २०२३ मा तेस्रो विश्वयुद्ध हुने भविष्यवाणी गरेका थिए ।

यस वर्षको लागि बाबा भेंगाले गरेको भविष्यवाणीले मानिसहरूमा डर पैदा भएको छ । उनले सन् २०२३ को अन्त्यमा परमाणु हमला हुने भविष्यवाणी गरेका थिए । जसअनुसार यस आक्रमणमा पृथ्वीमा ठूलो विनाश हुनेछ । यो भविष्यवाणीले मानिसहरूमा त्रास फैलिएको छ ।

अमेरिकाले जापानको हिरोसिमा नागासाकीमा परमाणु बम खसालेको थियो । यस आक्रमणमा ठूलो विनाश भयो, जसको निशान आज पनि देखिन्छ । हिरोसिमा नागासाकीमा भएको विनाश सम्झँदा जनताको मन अझै काँप्छ । मिडिया रिपोर्टका अनुसार बाबा भेंगाले गरेको भविष्यवाणी लगभग सत्य साबित भएको छ । सन् २०२३ को लागि गरिएका धेरै भविष्यवाणीहरु पनि सत्य साबित भएका छन् ।

बाबा भेंगाले सन् २०२३ मा प्राकृतिक उथलपुथल हुने बताएका थिए । उनले मरुभूमि क्षेत्रमा समेत शक्तिशाली भूकम्प, बेमौसमी वर्षा र बाढीजस्तो अवस्था आउने अनुमान गरेका छन् । उनले सौर्य आँधीको पनि भविष्यवाणी गरेका थिए । यी सबै भविष्यवाणीहरू सत्य साबित भए । केही दिनअघि वैज्ञानिकहरूले सूर्यमा पृथ्वीभन्दा २० गुणा ठूलो प्वाल फेला पारेका थिए । यसबाट निस्कने विकिरणको प्रभाव भारतको लद्दाखसम्म देखिएको थियो ।

बाबा भेंगाले धेरै ठूलो भूकम्पको भविष्यवाणी गरेका थिए । यस वर्ष टर्की र सिरियामा गएको भूकम्पले ठूलो विनाश निम्त्यायो जसमा ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । यसबाट लाखौं मानिस घरबारविहीन भएका छन् ।




भर्खरै