२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न काँग्रेस सभापति देउवाको निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न निर्देशन दिनु भएको छ ।

सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताउनु भयो । शनिबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गर्नु भयो ।

सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो । उहाँले भन्नु भयो, ‘अहिलेको बेला नेपाली काँग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ । हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लडदै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ । त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरी प्रजातन्त्रमा संकट आउँदैन ।

प्रजातन्त्र स्थायी भएर जान्छ । त्यसका निम्ति महत्वपूर्ण जिल्लाबाट सुरु भएको यो आन्दोलन देशभरीनै यो संगठनलाई बलियो बनाउने, पार्टीलाई बलियो बनाउँदै प्रजातन्त्रलाई बलियो पर्छ । अहिले गठबन्धनको सरकार छ । गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दाखेरी आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । यहाँ केही कुराहरु उठेका छन साथीहरु । उठाउनु पनि पर्छ ।

कुरा महत्वपूर्ण हुन । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ । त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरुमा सहमती हुन जरुरी छ । यदि सहमती हुन सक्यो भने यी विचारहरु नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरुलाई हामीले अगाडि बढाउनु पर्छ । त्यसमा लाग्ने कुरा प्रतिवद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊ । ’

त्यस अवसरमा सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराउनु भयो ।