२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्केष्टाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्छ: प्रधानमन्त्री



अ+ अ-
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताउनुभएको छ । उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा नै गीत सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै यस पटक पनि ज्यापू महागुठीले उठाएको माग सम्बोधन गर्ने विश्वास दिलाउनुभयो ।
अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर ज्यापू महागुठी र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नेपाल अकेष्ट्रा–११४३ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले हरेक जसो कार्यक्रममा भाषणले नै प्रमुखता पाउने भएकाले कार्यक्रमको महत्त्व नै घट्ने गरेकातर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्रीले अर्केष्ट्राले संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा आफूले विश्वास लिएको तथा संस्कृति संरक्षणका लागि ज्यापू गुठीलगायत यस क्षेत्रमा लागेका सबैलाई सरकारले सहयोग गर्ने बताउनुभयो ।
आर्केष्ट्रामा चार सय कलाकारले एकैपटक विभिन्न बाजा बजाएका छन् । बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले संस्कृति, कलाको संरक्षण गरेर मात्रै मुलुकभित्र पर्यटक भित्र्याउन र त्यसलाई आर्थिक विकासमा केन्द्रित गर्न सकिने बताउनुभयो ।
आगामी आवको बजेटमा काठमाडौँ उपत्यकाको कला संस्कृतिको संरक्षणका लागि बजेट व्यवसथापन गरिने उहाँको भनाइ छ । बागमती प्रदेशभित्र नेवाः र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने वातावरण तय भएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई सांस्कृतिक नगरी बनाउने सपना देखेको र त्यसलाई पूरा गर्न आफूहरूले मूर्त अमूर्त कला तथा संस्कृतिको प्रवर्द्धन गर्दै आएको बताउनुभयो । उहाँले देशभित्र रहेका बाजा घन्काउने उद्देश्य राखेकामा आज त्यो पूरा भएको उल्लेख गर्नुभयो ।
सांस्कृतिक विविधता, भाषाभाषी, सङ्गीतमा विविधता भएपछि एक अर्कामा अन्तरसम्बन्धित र एकीकृत रहेको उहाँको भनाइ थियो । मुलुकको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एक आपसमा मिलेर अगाडि बढ्नु जरुरी रहेको उपप्रमुख डंगोलको भनाइ छ ।
ज्यापू महागुठीका अध्यक्ष राजभाई जकमीः ले युवा पुस्तालाई नेपाली कला तथा संस्कृतिको महत्त्व बुझाउनका लागि यस खालको कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले लोक सङ्गीतको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम आफैँमा महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सांस्कृतिक सहरको पहिचान बनाउन सफल काठमाडौँ महानगर पालिकाको संयुक्त प्रयासमा यस अकेष्ट्राको आयोजना गरिएको जकमीले जानकारी दिनुभयो । रासस