२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन



अ+ अ-

रोमः इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा मिलानको सान राफेल अस्पतालमा निधन भएको हो ।

उहाँ ल्युकेमिया नामको रक्त क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । स्वास्थ्य परीक्षणका लागि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

इटालीमा चार पटक प्रधानमन्त्री प्रधानमन्त्री हुनु भएका बर्लुस्कोनी निकै विवादित हुनु भएको थियो । उहाँमाथि याैन सम्बन्ध र भ्रष्टाचारका आरोपहरू लागेका थिए । सन् १९९४ मा पहिलो पटक प्रधानमन्त्री हुनु भएका उहाँले सन् २०११ सम्म पटक पटक गरी चार पटक इटालीको शक्तिशाली पद प्रधानमन्त्री बन्नु भएको थियो ।

मिडियामा विशाल लगानी गरेका अर्वपति व्यापारी बर्लुस्कोनीले मिडियाकै आडमा आफूलाइ शक्तिको केन्द्रमा राख्न सफल भएको मानिन्छ । कुनै समय उनले इटालीको चर्चित फुटबल क्लब एसी मिलानको स्वामित्व सन् १९८६ मा पनि खरिद गरेका थिए जुनबेला एसी मिलान टाट पल्टिने अवस्थामा पुगेको थियो ।

विविसीका अनुसार, बर्लाेस्कोनीको छायाँको वरिपरि इटालीको राजनीति, संसद, मिडिया, फुटबल र आम जनताको मनोभाव घुमेको थियो । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले बर्लोस्कोनीजस्ता साहसी व्यक्तिको अभाव इटालीलाइ रहिरहने बताइन् । इटालीले एक अभिभावक, साहसी र प्रखर व्यक्ति गुमाएको उनको भनाइ छ ।  एएफपी

 




भर्खरै