काठमाडौं । आज (शुक्रबार) बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ । सुनको मुल्य तोलामा रु १५ सयले घटेको हो ।
हिजो (बिहीबार) प्रतितोला रु ९४ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (शुक्रबार) घटेर प्रतितोला रु ९३ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९२ हजार ९ सय कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







