२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र भवनमा छैनन् दर्शक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । यस वर्षको सुरुआत नेपाली चलचित्रका लागि सुखद भयो । वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ को राम्रो व्यापार भयो । उक्त चलचित्र प्रदर्शनको ५१ दिन पार गर्दै रु १५ करोडको खुद व्यापार गर्न सफल भए पनि त्यसपछि प्रदर्शन भएका असफल भए । त्यसपछि हप्तामै दुई वा एक चलचित्र प्रदर्शन भइरहेका छन् । यद्यपि सफलता पाउने भने शून्य नै छन् ।

दर्शकलाई आकर्षण गर्न चलचित्र सफल नभएको हुन सक्ने निर्देशक तथा निर्माता अशोक शर्माले बताउनुभयो । “निर्माण समूहप्रतिको विश्वास, ती चलचित्रको प्रचार सामग्री कारण हुन सक्छन्”, उहाँले भन्नुभयो, “नेपालीसँगै अन्य भाषाका चलचित्रमा समेत दर्शकको उपस्थिति न्यून छ ।” उहाँले चलचित्र ‘जारी’ ले नेपालभर राम्रो व्यापार गरेको जानकारी दिनुभयो ।

“चलचित्रले नेपालभर नै राम्रो व्यापार गर्‍यो, सबै उमेर समूहका दर्शक चलचित्र भवनमा देखिनुभयो”, निर्देशक शर्माले भन्नुभयो । ‘जारी’ सँगै ‘बिहे पास’ र ‘बुलाकी’ तथा त्यसपछि वैशाख १५ मा ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’, वैशाख २१ मा ‘ज्याकी : आइएम ट्वान्टी वान’, वैशाख २९ मा ‘हल्कारा’, जेठ ५ मा ‘डाकिनी’ र ‘ए साथी सुन’, जेठ १२ मा ‘हुक्का’ र ‘टुल्की’, जेठ २९ मा ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शन भए ।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार ‘जारी’बाहेक अन्य चलचित्रको कुल व्यापार रु एक करोडभन्दा माथि भएको छैन । घरेलु बजारमा ‘जारी’ बाहेक अन्य असफल रहे । नेपाली चलचित्रको व्यापारलाई मन्दीले असर गरेको हुनसक्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताउनुभयो । “दर्शक चलचित्र भवनसम्म निकै सोचेर पुग्नुभएको देखिन्छ, यद्यपि आकर्षित गर्न सके चलचित्रको व्यापार हुन्छ भन्नेमा दुईमत छैन”, उहाँले भन्नुभयो, “आउँदो भदौबाट हामी आशावादी छौं, त्यस अगाडी आउने चलचित्र कमजोर छैनन्, तर दर्शकको सोधपुछ भदौका चलचित्रमा बढी पाएका छौँ ।” रासस