२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मृगौलाको सबैभन्दा ठूलो पत्थरी’ निकाल्न श्रीलङ्काका चिकित्सक सफल



अ+ अ-

एजेन्सी । श्रीलङ्काका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मृगौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलङ्काको सेनाले बुधबार जनाएको छ ।

सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औंस) थियो, जुन औसत पुरुष मृगौलाको तौलभन्दा पाँच गुणा बढी थियो ।

कूञ्जको मृगौलाको पत्थरी १३.३७ सेन्टिमिटर (५.२६ इन्च) लामो थियो । औसत मृगौला १० देखि १२ सेन्टिमिटर लामो हुन्छ ।

“जुन १ मा कोलम्बो आर्मी अस्पतालमा एक ठूलो शल्यक्रियामार्फत मृगौलामा रहेको अहिलेसम्मको विश्वको सबैभन्दा ठूलो पत्थरी निकालिएको थियो,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कूञ्जले स्थानीय स्वर्णवाहिनी टिभीसँग कुरा गर्दै सन् २०२० देखि पेट दुखेको र मुखको औषधिले सहयोग नगरेको बताए ।

उनले भने, “हालैको स्क्यान (परिक्षण)पछि मलाई शल्यक्रिया गर्न भनिएको थियो । म अहिले सामान्य महसुस गरिरहेको छु ।”

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मृगौलाबाट ६२० ग्राम पत्थर जम्मा भएको रेकर्ड गरिएको थियो ।

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले मान्यता दिएपछि अधिकारीहरूले बुधबार उक्त खोजको घोषणा गरेका हुन् ।

“हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा पत्थरी निकालेपछि मृगौलाले सामान्य रुपमा काम गरिरहनु हो र यसमा हाम्रो टोली सफल भएको छ,” सेनाका सर्जन के। सुदर्शनले भन्नुभयो ।

मृगौलामा खनिज पदार्थ र लवण क्रिस्टलीकृत हुँदा रगतलाई फिल्टर गर्दा पत्थरी जम्मा हुन्छ ।

यदि पत्थरीहरू धेरै ठूलो छन् भने नियमित सकुलेसनमा कष्टदायी पीडा हुन सक्छ र तिनीहरू अड्किएका छन् भने शल्यक्रिया को आवश्यकता पर्दछ ।




भर्खरै