२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

वानएक्स बेटमा कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’सहित आठ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ कलाकारहरू ‘बल्छी ध्रुबे’ र राजु मास्टर सहित आठ जना पक्राउ परेका छन् ।

प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेल लगायतका कलाकारलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेको र तीमध्ये एक जना ‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ र राजु मास्टर  समेत रहेको बताइएको छ।

यद्यपि प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।

पक्राउ परेका कलाकारहरूमाथि युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप लगाइएको छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धाबन कार्यालयले अपरेसन चलाएको हो। प्रहरीले अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

पाँच जनाले मात्रै रु ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।