२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आदिपुरुष’बारे भुवनको प्रतिक्रियाः बोर्डले भनेको नमान्दा यो स्थिति आयो



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’को विवादबारे प्रतिक्रिया जनाएका छन् ।

अध्यक्ष केसीले विदेशी फिल्म नेपाल ल्याएर प्रदर्शन गर्नुअघि कम्तिमा एक साताअघि नै सेन्सर गर्नुपर्ने वोर्डको योजना सफल हुन नदिएको भन्दै चित्त दुखाएका हुन् ।

आज शुक्रबादेखि प्रदर्शनमा आउने दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन हुनुभन्दा एक दिनअघि अर्थात हिजो बिहिबार सेन्सर गर्ने क्रममा उत्पन्न विवादलाई स्मरण गर्दै अध्यक्ष केसीले कुनै पनि विदेशी फिल्महरु कम्तिमा एक साताअघि नै सेन्सर गरिँदा सम्भावित विवादलाई सहजै समाधान गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

अध्यक्ष केसीले भनेका छन्– ‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडि सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो । विरोधका वावजुद कम्ति सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो । त्यसमा पनि केहि चल्तापुर्जाहरुलाई ऐँठन भयो र तीन दिनमा झारियो । तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन ।’

‘नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका विषयमा कुनै विवाद शृजना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरुमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधिनता, हाम्रा विभूतिहरु माथिको दावी, सीमा लगायत विषयमा त्रुटी वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो, अध्यक्ष केसीले भनेका छन्– ‘ नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचानसमेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेकोमध्ये एक केहि दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो ।’

यस्तै, अध्यक्ष केसीले पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद सिर्जना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाईदा नगरेको स्पष्ट पारेका छन् ।

केसी भन्छन्– ‘यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ । यस प्रकारको घटनाले भोलि हल सञ्चालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनु पर्यो भने आखिरमा कसलाई घाटा भयो ? तसर्थ, बोर्डले गरेको निर्णय आत्मसात गरेको भए आज यो दिन आउने नै थिएन ।’

चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ ।

संवाद आवाजरहित (बीप) बनाइएपछि प्रदर्शनका लागि अनुमति दिने निर्णय गरिएको हो । रामायणमा आधारित चलचित्रको सो संवादलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध हुँदै आएको थियो ।