२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त, आजै शपथ, आजै पदबहाली



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको छ ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

आज (शुक्रबार) साँझ ५ः१५ मा राष्ट्रपति पौडेलले शीतल निवासमा नवनियुक्त प्रधानन्यायाधीश कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

शपथ लिएलगत्तै प्रधानन्यायाधीश कार्कीले आजै सर्वोच्च अदालत पुगी पदबहाली गर्नुहुनेछ ।