२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा क्षेत्रमा खटाईएका सुरक्षाकर्मीहरुलाई उचित परिचालन गर्न रास्वपाको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कन्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानविन गर्न नेपाल सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले यही असार १ गते भारतीय प्राविधिकहरुको टोलीले एकतर्फी रुपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरुले सुईकोसमेत नपाएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

उपसभापति अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रुपमा नापजाँच गर्ने काम सामान्य र स्वभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रुपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गईरहेको छु । असार १ गते भारतीय प्राविधिकहरुको टोलीले इन्डियन नेशनल हार्इंवे सर्भे गर्ने भन्दै कन्चनुपरको भुजेला, गड्डा चौंकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे ।

सर्भेका सामानसहित आएका ती प्राविधिकहरु नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईको समेत पाएनन् । के उनीहरुलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? सम्माननीय सभामुखमार्फत् म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बरु सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीय धेरै जागरुक र सचेत देखिए सभामुख महोदय । उनीहरुले गलत काम भईरहेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वभाविक मान्न सकिदैन सभामुख महोदय । त्यसैले त्यसको सत्यतथ्य छानविनका लागि म सम्माननीय सभामुखमार्फत् गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । ’

उपसभापति अर्यालले सीमा क्षेत्रमा खटाईएका सुरक्षाकर्मीहरुलाई उचित परिचालन गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।




भर्खरै