२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने नेपाली वितरकको निर्णय



अ+ अ-

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन काठमाडौं क्षेत्रमा मात्र नभई देशव्यापी रूपमा रोकिने भएको छ ।

निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय भएको जानकारी दिए । उनले भने,‘देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ’ ।

उनले सबै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्नु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने मनसायले चलचित्र प्रदर्शन रोक्ने निर्णय भएको बताए । उनले भने, ‘हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्न थाल्नुभयो। यसरी पालैपालो निषेध हुनु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने हाम्रो मनसाय हो’।

चलचित्रको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवाद हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ३ दिनको अल्टििमेटम दिएपनि नहटाएपछि उनले महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए। बालेन को उक्त निर्देशनपछि आज हल व्यवसायीहरू काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।

बालेनसँगै धरानका मेयर हर्क सामपाङ र पोखराका मेयरले पनि आफ्नो क्षेत्रमा ‘आदिपुरुष’ चल्न नदिने घोषणा गरेका थिए ।