२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको छ: राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दवाव दिनु भयो । त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाई थियो । उहाँले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

अध्यक्ष लिङदेनले भारतलाई खुशी बनाउन र नागरिकता नपाएका नागरिकहरुलाई पनि खुशी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गराएपनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहोर्‍याउनु भयो । उहाँले भन्नु भयो, ‘सभामुख महोदय, म सो जुवारी, सवालजवाफ अथवा अरुको कुरा काटने कुरामा त्यति चासो राख्दिन । तर कहिलेकहिले यस्तो चिजहरु आईलाग्छन । आज पनि मैलेअघि लामो समयदेखि यहाँ सुनिराखेको छु । एउटा भाष्य निर्माण भईराखेको छ कि यो नागरिकता विधेयकको प्रक्रियामा प्रतिपक्षहरुले जुन विरोध गर्‍यौं । र, हामीले त्यसमा आफ्नो फरक मत राखिराखेका छौ । त्यसलाई अहिले सत्तापक्षले नागरिकता नपाएका नेपाली नागरिकहरु, जो नागरिकताविहिन नेपालीहरु छन ।’

‘उनीहरुलाई भोट बैंकको रुपमा परिणत गर्ने अवसरको रुपमा उपयोग गर्न खोजेको देखियो । हामीले कुनै पनि नेपाली नागरिक जसका बाबुआमा नेपाली नागरिक छन । तर अहिले उमेर पुगेर पनि नेपाली नागरिकताबाट बञ्चित छन । उनीहरुले नागरिकता पाउनु हुँदैन भनेर भनेका छैनौ हामीले । हामीले यो नागरिकता विधेयक आउनु हुँदैन भनेर भनेका छैनौं । हामीले प्रक्रियाका कुरा गरेका छौ । र, त्यसमाथि अझ कन्टेन्टमा पनि केही छलफल गर्नुपर्ने कुराहरु छन । र, छलफल गरेर लैजाऊ भनेर भनेका छौं । सत्तापक्ष, यदि नागरिकता विधेयकबारे इमान्दार थियो भने त्यो जे प्रक्रिया चलिराखेको थियो । र, जहाँ गएर अडकिराखेको थियो । त्यसमा विवाद छ । विवाद हुन्छ भन्ने कुरा सत्तापक्षलाई थाहा थियो । र, इमान्दार थियो भने उसले सर्वदलीय बैठक राख्न सक्थ्यो कि सक्दैन थियो ? यसको बारेमा के गर्ने । यसलाई कसरी अगाडि बढाउने, चाँडै टुंगो लगाउनुपर्नेछ भन्ने ढंगले यसबाट निकास निकाल्न सकिन्थ्यो कि सकिदैन थियो ? सुटुक्कै, त्यो पनि भारत भ्रमणमा निस्कनु १/२ घण्टा अगाडि गर्नुपर्ने के कारण छ ? र, अहिले रोकिएको एमालेको कारण, राप्रपाको कारण, रास्वपाको कारण रोकिएको हो ? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो ? तपाईहरुलाई थाहा थियो–हामीले अहिले गर्नलाई गरिदिऊ ।’

‘भारत पनि खुशी हुन्छ । यो नागरिकता नपाएका मानिसहरु पनि खुशी हुन्छन । आखिरी अदालत रोकि हाल्छ । कसै न कसैले उजुरी गरीहाल्छ । जानाजान गरेको विषय हो । यो चिज त हामीले भनेका छैनौं । त्यसकारण यसलाई राजनीतिकरण गर्नु हुँदैन । अहिले पनि सरकार समस्याको समाधान चाहन्छ भने त्यो विधेयक संसदमा ल्याओस् । सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु–फाष्ट ट्रयाकबाट टुंगोमा पुर्‍याऊ । ो कुनै आपत्तिको विषय होइन । यो नागरिकताको समस्या हामी सबैको समस्या हो । र, यसलाई छलफलबाट टुंगो लगाउनु पर्छ भन्ने कुरामा कुनै आपत्ति छैन । र, आपत्ति नरहेको कुरा म फेरी पनि दोहोर्‍याउन चाहन्छु । र, यसलाई राजनीतिकरण नगरियोस भनेर भन्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।




भर्खरै