काठमाडौं । चौधरी उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित गोदाममा आगलागी भएको हो । बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको आगो अहिले पनि नियन्त्रणमा आउन सकेको छैन् ।
आगोलाई दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।
आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन् ।












