२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्ट परिसरको तार काटेबापत बालेनलाई स्पष्टीकरण नसोध्न क्यानलाई उच्च अदालतको आदेश



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनले कामपाका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई आदेश दिएको छ ।न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर मेयर शाह उच्च अदालतमा पुगेका थिए ।

काठमाडौँको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै महानगरले जेठ ३२ गते काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबारसमेत काटेको थियो ।

त्यसको भोलिपल्ट प्राधिकरणले महानगर प्रमुख बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐनअनुसार किन कारबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो ।