काठमाडौ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले हाल कायम रहेका ५ न्यायधीसलाईलाई संवैधानिक इजलासमा निरन्तरता दिनु भएको छ । मंगलबारको सुनुवाइमा संवैधानिक इजलासमा प्रधानन्ययधीस राणाका सहित न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठ रहनु भएको ईजलास सुरु भएको छ ।
यस अघि प्रतिनिधिशभाको बिघटनको बिपक्षीका रिट दायर गरेकाहरुका तर्फ बाट बहस गर्ने केही कानूनव्यवसायीहरुले दुई न्यायधीस परिबर्तन गर्नुपर्ने माग गर्दे ईजलास समक्ष माग गरेका थिए । उता महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश परिवर्तन गर्न नहुने अडान लिएपछि ईजलास अबरुद्ध भएको थियो । झगडियाको न्यायधीस चयन गर्ने बिषय गलत भएको भन्दै चर्को आलोचन समेत भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता देउवाको पक्षमा बुहमत हुदा हुदै पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै १४६ सांसदहरूको हस्ताक्षरमा प्रधानमन्त्री नियुक्ति परमादेश जारीको माग गरिएको रिट परेको थियो । रिटमा कांग्रेसका ६१, माओवादी केन्द ४९, एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदहरुको हस्तक्षार रहेको छ ।












