५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समितिको बैठक बस्दै, ओली र नेपाल पक्षका नेताहरु छलफलमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे बस्ने स्थायी बैठकमा  राष्ट्रियसभाको निर्वाचनको समिक्षा , माधव नेपाल-झलनाथ खनाल समूहको गतिबिधि र जनता समाजवादी पार्टी महन्थ ठाकुर राजेन्द्र महतो पक्षको सरकारभा सहभागिताका बारेमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

यता  नया पार्टी गठनको गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको माधव नेपाल समूहका नेता र एमाले सस्थापन पक्षका नेताहरु बीच लामो छलफल भएको छ । सोमबार साँझ दरबारमार्गको होटल याक एण्ड यतिमा भएको छलफलमा  सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले तथा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट बीच छलफल भएको थियो ।

अझै पनि पार्टीलाई एक बनाउने अबस्था भए नभएको  लगायतका बिषयमा छलफल भएको जनाईएको छ । आज बस्ने स्थायी समितिको बैठकले पार्टीको नियम उलंघन गर्ने अन्य १२ नेता माथी कारबाही गर्ने तयारी भएपनि सोमबार साँझको छलफल पछि कारबाहीको निर्णय केही दिन स्थगित हुन सक्ने ती नेताले जानकारी दिनुभयो  ।