२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दियो नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४३.३ ओभरमा अलआउट हुँदै १६७ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३३, कुशल भुर्तेलले ४२ बलमा २७, सन्दीप लामिछानेले ३३ बलमा २७, भीम सार्कीले ५६ बलमा २२, गुलशन झाले ३१ बलमा १५, दिपेन्द्र सिंह ऐरीले २१ बलमा १४ रन जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका लोगान भान वीकले ४, बास डे लिडे र विक्रमजीत सिंहले दुई–दुई तथा आर्यान दत्त र क्लेटन फ्लोएडले एक–एक विकेट लिए ।

जारी प्रतियोगितामा नेपालको यो चौथो तथा अन्तिम खेल हो भने नेदरल्यान्ड्स तेस्रो खेल खेल्दै छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यस्तै नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाललाई आजको खेलमा पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ । हालसम्म नेपाल र नेदरल्यान्डबीच दुई एकदिवसीय खेल भएका छन् । दुवैले एक÷एक खेलमा जित हासिल गरेका छन् ।

नेपाली टोलीमा आसिफ शेख, कुशल भूर्तेल, भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।