२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीका कप्तान गुन्डोगानलाई बार्सिलोनाले भित्र्यायो



अ+ अ-

काठमाडौँ । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान अन्ततः स्पेनिस फुटबल क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका कप्तान समेत रहेका ३२ बर्षिय गुन्डोगान फ्री–ट्रान्सफरमा बार्सिलोना गएका हुन् ।

बार्सिलोनाले गुन्डोगानलाई भित्र्याएको औपचारिक जानकारी दिएको छ । उनले बार्सिलोनासँग २०२५ सम्मका लागि सम्झौता गरेका छन् भने थप एक बर्ष नवीकरण गर्न सकिने शर्त राखिएको बार्सिलोनाले जानकारी दिएको छ ।

साथै बार्सिलोनाले उनको रिलिज क्लज ४०० मिलियन युरो राखेको छ । सिटीमा सात सिजन खेलेका गुन्डोगानले सिटीमा सम्झौता सकिएपछि नवीकरण गरेका थिएनन् ।

उनले सिटीका लागि ३०४ खेल खेल्दै ६० गोल गरेका छन् । त्यस्तै सिटीमा उनले कुल १४ ट्रफी जितेका छन् । जसमा यस सिजनको च्याम्पियन्स लिगको उपाधि समेत सामेल छ ।