२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज जेठ १७ गते सोमबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । हाम्रो पात्रो
 




भर्खरै