२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपारीका यी उपायले विवाहको योग छिट्टै बन्ने !



अ+ अ-

एजेन्सी । पुजा–पाठमा सुपारीको विशेष महत्व छ । हिन्दू धर्ममा यसलाई पूजायोग्य मानिन्छ । पुजाको सुपारीमा जनै चढाएर पूजा गर्दा अखण्ड सुपारी गौरी–गणेशको रूप बन्छ । सुपारी लगभग हरेक धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसका साथसाथै ज्योतिषशास्त्रमा केही निश्चित र सहज उपायहरू पनि बताइएका छन् । जसले गर्दा मानिसको सुतेको भाग्य जाग्छ ।

बेसार, अबिर र चामल सुपारीमा मोली बेरेर कुनै पनि बिहीबार विष्णु–लक्ष्मी मन्दिरमा लुकाउनुहोस् । जसका कारण अविवाहित युवतीको विवाह चाँडै हुने सम्भावना रहन्छ । जब सम्बन्ध पक्का हुन्छ, तब विवाहसम्म उक्त सुपारी घरमा राख्नुपर्छ । त्यसपछि यसलाई नदी वा पोखरीमा विसर्जन गर्नुहोस् ।

आर्थिक संकटबाट छुटकारा पाउन सुपारीको प्रयोग गर्न सकिन्छ । यसका लागि गणेशजीको पुजा गरेपछि रातो कपडामा सुपारी बेरेर तिजोरी वा पैसाको स्थानमा राख्नुहोस् । यस उपायले तपाई पक्कै आर्थिक समस्याबाट मुक्ति पाउनुहुनेछ । सुपारीले आँखाको दोष पनि हटाउँछ । यदि घरको कुनै सदस्यलाई नराम्रो नजर लागेको छ भने त्यस व्यक्तिको टाउकोबाट ७ पटक सुपारी निकालेर हवनकुण्डमा जलाउनुहोस् । यसले नराम्रो नजर हटाउँछ र आउने समस्याबाट बच्न सकिन्छ ।

यदि तपाईको कुनै काम लामो समयदेखि रोकिएको छ भने त्यसको लागि आफ्नो पर्समा एउटा सुपारी र दुईवटा ल्वांग राख्नुहोस् । काममा जाँदा मुखमा ल्वांग राखेर मन्दिरमा सुपारी चढाउनुपर्छ । यो उपाय गर्नाले रोकिएका सबै काम पुरा हुन थाल्छन् । अर्कोतर्फ चाँदीको भाँडोमा अबीर राखेर कुनै पनि पूर्णिमाका दिन पूजाघरमा सुपारी राखेमा घरमा छिटै शुभ कार्य हुने गर्दछ ।