२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि कुटपिट गरेको आरोपमा कानुन व्यवसायी पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुर जिल्ला अदालतमा एक जना महिला कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी पक्राउ परेका छन् ।

बुधबार जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गर्ने काठमाडौं–१४ का ३६ वर्षीय अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

लामिछानेलेविरूद्ध पीडित तामाङले अभद्र व्यवहार मुद्दामा जाहेरी दिएपछि उनलाई बुधबार नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दिविक्रम शाहले जानकारी दिए।

मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ। लामिछानेले मिसिल माग गरेका तर आफूले फोटोकपी दिने बताउँदा कुटपिट गरेको उनले बताइन्।

लामिछानेले गालीगलौज गर्दै मुक्का प्रहार गरेका उनले बताइन्। ‘ उहाँले मलाई मुक्काले नै हिर्काउनुभयो,’ उनले भनिन्,‘दुईटा दाँत हल्लिएको छ। मुखमा चोट लागेको छ। तान्दा कपडा च्यातिएको छ।’

उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरी उनीमाथि म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।