२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ: गभर्नर अधिकारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताउनु भयो । उहाँले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउण्टेनको काम महत्वपूर्ण हुँदै गएको बताउनु भयो । उहाँले चार्टर्ड एकाउण्टेन पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको बताउनु भयो।

गभर्नर अधिकारीले भन्नुभयो,‘प्रविधिको विकाससँगै कार्यालयहरुमा चार्टर्ड एकाउण्टेनको काम महत्वपूर्ण हुँदै गइरहेको छ । विश्वव्यापीकरण परिवर्तनहरू चलिरहेको छ । हामीलाई आज थाहा भएको कुराले भोलि काम नगर्न सक्छ, त्यसैले हामीले आफ्नो पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा पुन: परिभाषित गर्ने अवसरको रूपमा परिवर्तन गर्दै लैजानुपर्छ । यसबाहेक व्यवसायको विश्वव्यापी प्रकृतिको अर्थ भनेको चार्टर्ड एकाउण्टेन्सी अन्तर्राष्ट्रिय सन्दर्भमा बढ्दो रूपमा अपग्रेड हुँदै गइरहेको छ।’

‘विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने आफ्नो क्षितिज फराकिलो बनाउन यो अवसर हेर्नुपनि उत्तिकै महत्वपूर्ण छ। नेपाल र विदेशका सबै सहभागी प्यानल र पेपर प्रश्तुतकर्ताहरूलाई म सन्देश दिन चाहन्छु कि भविष्यमा हाम्रो पेशाको लागि राम्रो र सम्भावना छ ।’

उहाँले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै चार्टर्ड एकाउण्टेनको विकास र बिस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताउनु भयो।