२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान उडे ज्याक मा



अ+ अ-

काठमाडौ । चिनियाँ अर्बपति ज्याक मा नेपालको तीनदिने भ्रमणपछि आज पाकिस्तानको लागि उडेका छन् ।

हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहान ११:२५ को फ्लाइटमा लाहोर उडेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनी मंगलबार दिउँसो आठ जनाको टोलीसहित निजी विमानमार्फत काठमाडौं आएका थिए। उनीहरू चीनबाट ढाका हुँदै काठमाडौँ आएका थिए ।

उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायरलगायत ठाउँको अवलोकन गरेका थिए।

ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । साथै, उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन् ।