२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत्– मुख्यमन्त्री कार्की



अ+ अ-

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आफूले अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत् भएको बताउनुभएको छ ।

प्रदेशसभाको बैठकमा बजेट टेबुल गर्दै उहाँ सरकारलाई समर्थन गरेका दलहरूले ९ दिनअघि सरकारबाट हात झिक्दा अध्यादेशमार्फत बजेट ल्याउन आफू बाध्य भएको बताउनुभयो ।

“जेठ ३१ गते नीति तथा कार्यक्रम ल्यायौँ । सरकारमा रहेकाले समर्थन फिर्ता लिएपछि न हामी विश्वासको मत लिनसक्थ्यौँ, न नीति कार्यक्रमलाई रोक्न सक्यौँ । न बजेटलाई टार्न सक्थ्यौँ”, उहाँले भन्नुभयो, “यी तीनवटै कुरा असम्भव थिए । नीति तथा कार्यक्रम आएपछि संविधानको धारा २२० लाई प्रयोग गर्दै त्यो दिन रातिबाट सभा समापन गरेर अध्यादेश ल्याउनुपर्ने बाध्यता भयो । त्यहाँ क–कसको कमजोरी भयो भोलिका दिनमा देखिन्छ । असार १ गते बजेट ल्याइसक्नुपर्ने थियो । बजेट ल्याउँदा नल्याउँदा समस्या हुने भएकाले मैले संविधानको धारा २२० लाई आत्मसाथ गर्दै जेठ ३२ गते बजेट ल्याएको हुँ ।”

मुख्यमन्त्रीको उक्त भनाइपछि प्रदेशसभाको बैठकमा उहँँले प्रस्ताव गर्नुभएको विश्वासको मत लिन कार्यसूची रहेको छ ।