२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने मन्दिरका मूल पुजारी निलम्बित



अ+ अ-

रूपन्देही । महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् । महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको हो ।

सञ्चारमाध्यमहरुमा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भएपछि समितिको बैठकले उनलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले जानकारी दिए ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिमा सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाइएको छ ।

रिब्दीकोट गाउँपालिका-४ भैरवस्थानमा अवस्थित यस मन्दिरका मूल पुजारी योगीले दर्शनका लागि आउने महिलालाई टीका लगाउने र प्रसाद दिँदा दुर्व्यवहार गरेको गुनासोका आधारमा समितिले निलम्बन गरेको जनाएको छ ।




भर्खरै