२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म हिट भएपछि उपहारमा कार पाउने कार्तिक



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला आफ्नो फिल्म ‘सत्यप्रेम की कथा’ लाई लिएर चर्चामा छन् । २९ जुनमा रिलिज भएको यस फिल्ममा कार्तिकको अपोजिट कियारा आडवाणी रहेकी छन् । फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

कियारा र कार्तिकको केमेस्ट्रीको पनि निकै तारिफ भइरहेको छ । यसैबीच, कियारा आडवाणीले कार्तिकको बारेमा एउटा रोचक खुलासा गरेकी छिन् । हरेक बक्स अफिस हिट भएपछि निर्माताले कार्तिकलाई कार उपहार दिने गरेको उनी बताउँछिन् । यसबारे कार्तिकले पनि प्रतिक्रिया दिएका छन् ।

हालै कार्तिक आर्यन र कियारा आडवाणी एक अन्तर्वार्तामा देखिए । यस क्रममा कार्तिकले कार प्रिन्ट भएको टी–सर्ट लगाएका थिए । कुराकानीका क्रममा कियाराले अभिनेताको टी–सर्टतर्फ इशारा गर्दै भनिन्, ‘यो एउटा संकेत हो । जब कार्तिकको फिल्म ब्लकबस्टर हुन्छ, निर्माताहरूले उनलाई कार उपहार दिन्छन् ।’ कियाराको यो कुरामा कार्तिकले निकै रमाइलो जवाफ दिएका छन् ।

कार्तिक आर्यनले जवाफमा भने, ‘त्यसैले मेरो नाम कार–तिक हो ।’ भूषण कुमारले कार्तिकलाई उनको फिल्म ‘भूल भुलैया २’ ब्लकबस्टर भएपछि कार उपहार दिएका थिए । कुराकानीका क्रममा कार्तिकले भुल भुलैया २ हिट भएपछि भूषणले उनलाई कार दिएको खुलासा गरेका थिए । यति मात्र होइन, कार्तिकले आफ्नो टी–सर्टमा बनेको कारतर्फ इशारा गर्दै भने, ‘सत्यप्रेम की कथा’ को सफलतापछि यो कार पाउने आशा गरेको छु ।’

भूषण कुमारले कार्तिकलाई म्याक्लारेन जीटी कार उपहार दिएका थिए । कार्तिक आर्यनले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो गिफ्ट कारको फोटो सेयर गरेका छन् ।