२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीको मुख्यमन्त्रीमा मेरो दाबी छैन– राजेन्द्र राई



फाईल फोटो
अ+ अ-

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताउनुभएको छ ।

शुक्रबार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसकेपछि अब बन्ने नयाँ सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको नेता राईले बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दा शुक्रबार भएको मतदानमा प्रस्तावको पक्षमा जम्मा ४६ मत खसेको थियो । बहुमतका लागि ४७ चाहिन्थ्यो ।

९३ सदस्यीय प्रदेशसभामा चार सिट भएको एकीकृत समाजवादीका संसदीय दलका नेता राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको स्पष्ट गर्नुभएको हो ।

उहाँले केन्द्रमा समझदारी भएको अवस्थामा जुनसुकै जिम्मा लिन तयार रहेको तर व्यक्तिगतरुपमा मुख्यमन्त्रीमा आफ्नो दाबी र प्रयास नरहेको बताउनुभयो ।

अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ । नयाँ सरकारका लागि प्रदेशप्रमुखको आह्वानसँगै बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने पाँचदलीय गठबन्धनका नेताहरुले बताएका छन् ।




भर्खरै