२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्नुपर्छ: प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

सहकारी संस्थाहरुलगायतले ठगी गरेको समाचार बाहिर आईरहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरालाई कुनै पनि हालतमा क्षमा दिन नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । आईतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कारबाही गर्ने खालको कानुन बनाउने कामलाई पनि सरकार र संसदले ख्याल नगरेको भन्दै आपत्ति समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘यो त हामीलाई धेरै अगाडि आवश्यक परेको कानुन हो । नेपालमा लोकतन्त्र आयो, गणतन्त्र आयो । तर त्यो मिटरब्याज पीडितहरुलाई त लोकतन्त्र, गणतन्त्र केही पनि आएको रहेनछ त ? उनीहरु ठगिए । अनि, साहूहरुले के गरेँ भने अदालत नै प्रयोग गरेर उनीहरुलाई थप दु:ख दिए । बाउन्च चेकमा हस्ताक्षर गर्न लगाएर उनीहरुलाई थुनाए । अनि मुद्धा दर्ता गराएर अदालतले साहूहरुकै पक्षमा फैसला गराईदियो । त्यसैले त्यस्तो अवस्था अहिलेसम्म हामीले विधमान राखेका रहेछौं । यो संसद आजमात्रै थिएन । आज भन्दा अगाडि पनि थियो । यत्रो समयसम्म हामीले यो हेरेर बसिरहनुको कारण के हो ? वास्तवमा राज्यले किन यसलाई देखेन ? हामीले राज्यको त्यहाँ किन उपस्थिति गराउन सकेनौं ? त्यत्रो गम्भिर अन्यायमा पर्दा, त्यत्रो ठूलो समस्यामा पर्दा पनि हाम्रो राज्य त्यहाँ उपस्थिति हुन किन सकेन ? संसदले त्यसलाई किन ख्याल गरेन ? यो विषय गम्भिर विषय हो भन्ने मलाई लाग्दछ ।

आज धेरै सहकारी संचालकहरुले ठगेको समाचारहरु बाहिर आएको छ । कुनै पनि देश, जसले वित्तिय अनुशासन कायम गर्न सक्दैन । त्यो देश उभो लाग्न सक्दैन । समाजको कुनै पनि व्यक्ति, जसले वित्तिय अनुशासन उलंघन गर्छ, त्यो शख्त कारबाहीमा पर्नु पर्छ । ती विषयहरु कतैबाट पनि क्षम्य हुनु हुँदैन । त्यसैले वित्तिय कानुन जति आवश्यक छ, त्यो कानुन हामीले निर्माण गर्न सकिरहेका रहेनछौं । त्यसलाई अनुशासनको दायरा भित्र, कानुनी दायरा भित्र हामीले ल्याउन सकिरहेका रहेनछौं । त्यसैले यो कुरालाई संसदले अनि सरकारले दुवैले गम्भिर ढंगले ख्याल गर्न जरुरी छ । एउटा अधिवेशनमा सरकारले कतिवटा विधेयक अनिवार्य रुपमा पेश गर्नुपर्ने हो, त्यो एउटा अनिवार्य संख्या तोकौं । एउटै विधेयक पेश नगरी संसदको अधिवेशन सकिने कुरा स्वभाविक हुन सक्दैन । त्यसैले संसदले आम नागरिकका बारेमा विधेयक बनाउने, कानुन बनाउने बारेमा जुन ढंगबाट सक्रियता देखाउनुपर्ने हो, त्यो सक्रियता देखाउन सकेको छैन । ’

सांसद पौडेलले सरकार र संसदले नागरिकका अतिआवश्यकीय चासोको विषयमा कानुन बनाउने कुरामा ध्यान दिन नसकेको गुनासो समेत गर्नु भयो ।