२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सलाई बेलायत पठाउने तयारी सुरु



अ+ अ-

काठमाडौँ । सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी थालेको छ ।

नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिेमेन्टेन्सन प्रोटोकल) पारित भएसँगै सरकारले बेलायतमा नर्स पठाउने तयारी थालेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई देशबीच भएको सम्झौताअनुसार नेपाली नर्सलाई बेलायतमा रोजगारीको अनलाइन आवेदन खुलाउने तयारी गरेको जनाएको छ ।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले दुई देशबीच यसअघि भएको सम्झौताअनुसार नेपाली नर्स बेलायतमा पठाउने इम्प्लिमेन्टेसन प्रोटोकल पारित भएसँगै बेलायत पठाउने गृहकार्य थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रोटोकलले ताकेअनुसार साउनको १० गतेभित्र बेलायतमा एक सय जना नर्स पठाउने गरी अनलाइनमार्फत आवेदन माग गरिनेछ ।

आकर्षक तलब र सुविधा रहेको प्रोटोकलमा बेलायत जान चाहनेले कम्तीमा तीन वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ भने आइइएलटिएसमा न्यूनतम सात अंक अनिवार्य रुपमा ल्याएको हुनुपर्ने सर्त तोकिएको छ । त्यसैगरी दुई वर्षको कार्य अनुभव पनि प्रोटोकललमा अनिवार्य गरिएको छ ।

प्रोटोकलले तोकेको योग्यता पूरा गरेकामध्ये संक्षिप्त सूची तयार गरेर अन्तरवार्तामार्फृत बेलायत जानका लागि छनोट गरिने भन्दै सहसचिव पोखरेलले भन्नुभयो, पहिलो चरणमा एक सय जना नर्स बेलायत जान पाउनेछन् ।

दुर्ई देशबीच भएको श्रमसम्झौता अनुसार नेपाल र बेलायतबीच परीक्षणका रुपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिेमेन्टेसन प्रोटोकलबारे स्पष्ट व्यवस्था गर्ने सहमति भएको थियो । अब प्रोटोकलले तोकेको व्यवस्था अनुरुप योग्य ठहरिएका नर्सले बेलायतमा रोजगारीका लागि अवसर पाउनेछन् ।

श्रम मन्त्रालयका अनुसार स्वास्थ्यकर्मीको छनोट र पदस्थापन नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी प्रक्रियाबमोजिम हुनेछ । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवामा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।




भर्खरै