२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर जिल्ला अदालतका कर्मचारी कामकाज ठप्प पारी सर्वोच्चमा, असुरक्षा बढेको भनाइ -भिडियो सहित



अ+ अ-

काठमाडौँ । ललितपुर जिल्ला अदालतका न्यायाधीश कर्मचारीहरु सर्वोच्च अदालत पुगेका छन् । कानून व्यवसायीहरुबाट आफूहरूलाई खतरा भएको भन्दै कार्यालय छाडेर उनीहरु सर्वोच्च अदालत पुगेका हुन् ।

कानून व्यवसायीबाट आफूहरूलाई धम्की आएको र कार्यस्थलमा बसेर कामकाज गर्न सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् ।

हिजो सोमबार बार एसोसिएसनको केन्द्रीय कार्यसमितिकै आयोजनामा ललितपुर जिल्ला अदालत बाहिर आमसभा गरी कर्मचारीको मानमर्दन हुने गरी अभिव्यक्ति दिइएको र बारले आफ्नो क्षेत्राधिकार र सीमा मिचेर कुनै अमुक कर्मचारीलाई यहाँ सरुवा गर भन्नु कानून विपरीतको कार्य भएको भन्दै न्यायाधीश तथा कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश, स्रेस्तेदार विष्णुप्रसाद पाण्डे लगायतको समूह यति बेला सर्वोच्च अदालतमा पुगेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती विभागीय समिति सर्वोच्च अदालतका अध्यक्ष हरि भट्टराईले न्युजपोलारलाई जानकारी दिनुभयो । ।

न्यायाधीश र कर्मचारीहरु नै कामकाज छाडेर सर्वोच्च अदालत पुगेपछि सर्वोच्च अदालत प्रशासनले उहाँहरुसँग छलफल गरी काममा फर्किन आग्रह गरेको छ ।
तर कर्मचारीहरूले भने आफूहरूको जिउधनको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने बताएका छन् ।

कर्मचारीहरुले यथाअवस्थामा कार्यकक्षमा बसेर कामकाज गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले विवादलाई बढाउने भन्दा पनि समाधान गर्नुपर्छ नै भनेर लागेको तर बार एसोसिएसन भने यसलाई अतिरञ्जित बनाउन लागिपरेको आरोप लगाएका छन् ।

आफूहरु जसको गल्ती हो, उसलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा भए पनि बार भने कर्मचारीको मनोबल गिराउने र क्षेत्राधिकार मिचेर सरुवाको माग गर्नतिर अग्रसर रहेको कर्मचारीहरुको भनाइ छ ।

कर्मचारीहरू कार्यालयमा उपस्थित नभएपछि ललितपुर जिल्ला अदालतमा पेसी व्यवस्थापन लगायतको काम हुन सकेको छैन ।

https://www.facebook.com/newspolar/videos/658101252464733




भर्खरै