२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ वैज्ञानिकको चकित पार्ने दाबी – मान्छे अब कहिल्यै बूढो हुँदैन



अ+ अ-

एजेन्सी । संसारका धेरैजसो मानिसहरुको चाहना हुन्छ कि उनीहरुको उमेर छिटो न बढोस् र उनीहरुमा छिट्टै बुढ्यौली नहोस् । मानिसहरू सधैं जवान र फुर्तिलो रहन चाहन्छन् ।

धेरै जसो मानिसहरु आफ्नो बढ्दो उमेरको बारेमा चिन्तित छन् किनभने उनीहरु बुढ्यौली हुन चाहँदैनन् । यसैबीच, एक चिनियाँ वैज्ञानिकले आफूले मानिसको बुढ्यौली रोक्न सक्ने खोज गरेको दाबी गरेका छन् ।

यो खोजबाट मानिसलाई बुढ्यौली हुनबाट बचाउन सकिन्छ । वैज्ञानिकले सन् २०१८ मा आफूले पहिलो जीन एडिट गरिएको बच्चा बनाएको खुलासा गरेका छन् । यी चिनियाँ वैज्ञानिकको नाम हे जियानकुई रहेको छ । एक मिडिया रिपोर्टमा भनिएको छ कि जियानकुईलाई गैरकानूनी चिकित्सा अभ्यासको लागि तीन वर्षको लागि जेल सजाय पनि दिइएको छ ।

जेलबाट बाहिर आएपछि जियानकुईले स्वास्थ्य विज्ञहरूलाई चकित पारे । उनले बेइजिङमा अनुसन्धान प्रयोगशाला खोल्ने घोषणा गरेका छन् । जियानकुई जीन थेरापी मार्फत दुर्लभ रोगको उपचारमा केन्द्रित छन् । उनको नयाँ अनुसन्धान प्रस्तावलाई लिएर विवाद सुरु भएको छ । यो पनि जियानकुईको पहिलेको कामसँग मिल्दोजुल्दो रहेको विज्ञहरू बताउँछन् । जियानकुईको अनुसन्धानको आलोचना भइरहेको छ ।

विज्ञहरूले यसलाई अनैतिक र खतरनाक भनेका छन् । यसमा यति धेरै क्षमता छ कि यसले मानिसको डीएनएलाई असर गर्न सक्छ । चिनियाँ वैज्ञानिकले देश जनसङ्ख्याको बोझले दबिएको बताएका छन् ।

उनले वृद्धहरूको जनसंख्या सामाजिक, आर्थिक समस्या र चिकित्सा प्रणालीमा गम्भीर दबाब रहेको बताएका छन् । यसबाट चीनको बुढ्यौली जनसंख्याको समस्या समाधान गर्न सक्ने उनको भनाइ छ ।

जियानकुईको प्रस्तावमा गर्भावस्थाका लागि कुनै पनि मानव भ्रूण प्रत्यारोपण नगरिने उल्लेख छ । यससँगै प्रयोग गर्नुअघि सरकारको स्वीकृति लिनुपर्ने भएकाले उनी आफ्नो प्रयोगका लागि फेरि जेल जान चाहँदैनन् । जीन उत्परिवर्तन समावेश गर्ने जियानकुईका प्रयोगहरू विवादमा परेका छन् ।

विज्ञहरूले जियानकुईको यो प्रस्तावलाई वैज्ञानिक रूपमा निराधार भनेका छन् । चीन सरकारले जीन सम्पादन र यससँग सम्बन्धित नैतिक पक्षलाई नियमन गर्न कदम चाल्नुपर्ने उनीहरुको भनाइ छ । सिंगापुरको नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्रोफेसर पिटर ड्रोगेले सम्पूर्ण प्रयोगलाई स्पष्ट रूपमा पागलको रूपमा वर्णन गरे ।

२०१८ मा, जियानकुईले संसारको पहिलो जीन उत्परिवर्तन बच्चा उत्पादन गरे । जसका कारण उनको विश्वभर आलोचना भएको थियो । चीनले मानव भ्रूण परिमार्जनलाई अवैध चिकित्सा अभ्यास मानेको छ । जसका कारण जियानकुईलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो ।