२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितलाई न्याय नदिलाई बिश्राम लिइनेछैन : गृहमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय नदिलाई बिश्राम नलिने बताउनुभएको छ । संसद अवरोधका कारण मिटरब्याजसम्बन्धी ऐन संशोधन हुन नसकेको प्रति रुष्ट हुँदै उहाँले पीडितलाई न्याय दिने कामलाई भने जारी राख्ने स्पष्ट पार्नुभयो ।

‘आज म धेरै आहात भएको छु।आज प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो । तर गरिएन । आजैदेखि यससम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ ।यसबाट को पीडित जनताको पक्षमा छ र को बिपक्षमा छ भन्ने स्पष्ट भएको छ’, उहाँले भन्नुभयो ।

गृहमन्त्री श्रेष्ठले सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिने भन्दै पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरले सोचेका छन् भने त्यो ठूलो भ्रम हो । पीडितलाई न्याय नदिलाई बिश्राम स्पष्ट पार्नुभयो ।

‘आयोगले काम जारी राख्नेछ । प्रजिअ कार्यालयमा सहजिकरण समितिको काम निरन्तर अघि बढ्नेछ। बिधेयक संसदको प्रक्रियामा छ ,अघि बढाइनेछ र कानुन बनाइछाडिनेछ । तसर्थ पीडितहरुलाई निरास नहुन र सक्रियताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र बिजय सुनिश्चित छ’, उहाँले भन्नुभयो ।