२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोली गलपासो बनेपछि…



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको एक अभिव्यक्तिका कारण यतिबेला सदनदेखि सडकसम्म तातेको छ ।

प्रधानमन्त्रीको बोलीमाथि संसद्का प्रतिपक्षहरु एकै कित्तामा उभिएर आक्रामकरुपमा विरोध जनाइरहेका छन् भने सत्ता पक्ष माओवादी केन्द्रबाहेक अरु अलमलमा परेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सहित केही नेताहरुले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको र त्यस्तो विषयमा प्रतिपक्षले प्रश्न उठाउनु स्वाभाविक भएको बताउनुभएको ।

यही असार १८ गते नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ नाम पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभएको, धेरैचोटि दिल्ली जानु पनि भएको र काठमाडौँमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभएको बताउनुभएको थियो ।

प्रधानमन्त्रीको यही अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले संसद् बैठक अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको छ । अर्को प्रतिपक्ष राप्रपाले पनि सोही माग गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामा भन्ने कुरा स्पष्टरुपमा नमागे पनि घुमाउरो पारामा एमालेको मागमा सार्थन जनाएको छ ।

नेपाली कांग्रेसका पुराना नेता होमनाथ दाहाल प्रधानमन्त्रीको यो अभिव्यक्तिप्रति गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको दृष्टिकोण के हो स्पष्ट पार्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस्ता अस्थिर पात्र बोकेर कहिलेसम्म हिँड्ने र?”

दाहालले भन्नुभयो राजीनामा राजिनमा भनेको नैतिक मापदण्डको कुरा हो भन्दै दाहालले भन्नुभयो, “उहाँलाई जहाँ जाँदा जे बोल्दा ताली आउँछ, त्यही बोल्नु हुन्छ, अप्ठ्यारो परे गठबन्धनभित्र एक विरुद्ध अर्कालाई उचालेर प्रयोग गरिहाल्नु हुन्छ ।”

मान्छे अत्यास लागेको वा निरासका बेलामा बेला यस्ता बोली बोल्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सामान्य मान्छेले पनि जिम्मेबार हिसाबले बोल्छ तर त्यो पनि उहाँमा देखिएन । सायद प्रचण्ड यतिबेला पूरै निरास र हतास अवस्थामा हुनुहुन्छ, त्यसैले बेलगाम बोली बोलिरहनु भएको छ । भोलिको परिणामको बारेमा उहाँले केही पनि सोच्नु भएको छैन ।”

यसअघि पनि केही मन्त्रीहरु आफनो बोलीका कारण पद मुक्त भएका थिए । २०७५ साउन ८ गते तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले पनि आफ्नो अभिव्यक्तिका कारण नै पद गुमाउनु परेको थियो ।

उहाँले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको कुरा आफूसमक्ष गुनासो आएको अभिव्यक्ति दिनुभएको थियो । तत्कालीन समयको प्रतिपक्ष नेपाली कांग्रेसलगायत केही दलले संसद्मा चर्को विरोध गरेपछि तामाङले राजिनामा दिनुभएको थियो ।

यस्तै विसं २०६८ कात्तिक २ गते तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा रक्षामन्त्री शरतसिंह भण्डारी पनि आफ्नै बोलीका कारण पदमुक्त हुनु भएको थियो ।

उहाँले पनि संविधान मान्य नभए तराई टुक्रिन सक्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो । सर्वत्र आलोचना भएपछि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले उहाँलाई पदमुक्त गर्नुभएको थियो ।




भर्खरै