२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलओडी गएकी बालिका बलात्कृत, नाबालिगलाई क्लबमा प्रवेश गराएको भन्दै साहुविरुद्ध पक्राउ पुर्जी



अ+ अ-

काठमाडौं । ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) गएकी एक नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गत ३० जेठमा एलओडी गएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा घर भइ हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

३१ जेठमा आफू बलात्कृत भएको भन्दै पीडितले किटानी जाहेरी दिएपछि कोइरालालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

अनुसन्धानको क्रममा उमेर नपुगि नाबालिगलाई एलओडी प्रवेश दिएको भन्दै प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याएको छ । प्रहरीले घटनाबारे छानबिन गर्न एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।




भर्खरै